नियम २९ग
पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्ने
(१) मदिरा उत्पादन गर्ने प्रतिष्ठानले आफूले उत्पादन गरेको र पैठारी गर्ने इजाजतपत्रवालाले पैठारी गरेको मदिरा (बियर, वाइन र साइडर बाहेक) को बोतलमा अन्त:शुल्क टिकटको सुरक्षाको लागि पारदर्शी प्लाष्टिकको खोल (श्रिंक क्याप) प्रयोग गर्नु पर्नेछ।
(२) पैठारी गर्ने इजाजतपत्रवालाको हकमा उपनियम (१) बमोजिमको व्यवस्था संवत्‌ २०८० साल असोज १ गतेबाट लागू हुनेछ।